कर्णाली कृषिका लागी योग्य छ :ओली


सुर्खेत -कर्णाली प्रदेश कृषि तथा पशुपालनका लागी योग्य रहेको नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले बताउनु भएको छ । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम प्रदेश अबिधेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । इजराएलको उदाहरण दिदै उहाले नेपालमा कृषिको प्रचुर सम्भावना छ , अब नेकपा एमालेका कार्यकर्ता उत्पादनमा जोडिनु पर्छ । इजराइलमा सानो देशले सबैलाइ शिक्षा दिएको छ ।

हाम्रो भुगोल सबै खालको छ , माटो सुवाउदो खेती र बाहिरी प्रबिधि भन्दा आफ्नै प्रबिधिको बिकास गर्न जरुरी भएको बताउन भयो । पूर्ब प्रधानमन्त्रि ओलीले कर्णाली प्रदेशमा धैरै सम्भावना छन हरेक कार्यकर्ता उत्पादनमा जोडिएर देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान आग्रह गर्नु भयो । यो प्रदेशमा माछा पालन , दुध उत्पादन , तरकारी खेती आदि गर्न कार्यकर्तालाई सुझाब समेत दिनुभएको थियो ।

नेकपा उहिल्यै पोलेर खाइसक्यौ, के व्युँताउँछौ ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नेकपा व्युँताउने कुनै सम्भावना नभएको बताएका छन् ।
पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालले नेकपा व्युँताउने अभिव्यक्तिपछि ओलीले त्यो सम्भावना नभएको बताए ।
एमाले कर्णाली प्रदेश प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘कम्युनिष्ट एकता नेकपा व्युँताउने अरे १ नेकपा त अस्ति नै पोलेर खाइसक्यो । अब कहाँबाट व्युँताउँछौ । हामीलाई कुनै भ्रम छैन । यी तत्वहरु कम्युनिष्ट हुन् भन्ने भ्रम कसैले पाल्न आवश्यक छैन ।’
उनले प्रचण्ड(माधवले एमालेमा फुटाएर कांग्रेसको पाउमा सरकार चढाउन गएको टिप्पणी गरे ।
ओलीले थपे, ‘अनि वामपन्थी एकता रे १ नेकपा व्युँताउने रे १ फेरि भ्रम पर्न जरुरी छैन । कम्युनिष्ट जति एमालेमा आउन म आग्रह गर्न चाहन्छु, माओवादीमा भएका साथीहरुलाई पनि भन्न चाहन्छु ।’
उनले कसैको भ्रममा नपरी पार्टी पंक्तिलाई अब हरेक वडामा ५१ प्रतिशत एमाले हुनेगरी काममा लाग्न निर्देशन दिए ।

तपाईको प्रतिक्रिया