सुर्खेत १७ औ बिश्व रेबिज दिवश सेप्टेम्वर २८ कर्णाली प्रदेशमा को राजधानि सुर्खेतमा बिबिध कार्यक्रम गरि मनाईएको छ । कर्णाली प्रदेश सरकार भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा बिरेन्द्रनगरको मंगलगढी चौक बाट सुरु गरियको प्रभातफेरी बजार परिक्रमा गरि मनाईएको हो ।
रेबीज रोग कुकुर, माजिस, बिरालो,स्याल, ब्वासो, तथा तातो रगतर मेरुदण्ड भएका अन्य स्तनधारी जनावरमा लाग्ने अति खतरनाक प्रणघातक बिषाणु जन्य रोग हो । रेबिज रोग लिजा प्रजातीको भाईरस बाट लाग्ने रोग हो ।
बिषेशगरी रेबीज रोग बौलाएको पशुले टोकेपछी पशुको र्यालमा भएको बिषणुको संक्रमणबाट सर्ने पशु बिकास निर्देशनालय सुर्खेतका प्रमुख कृष्ण प्रसाद पंगेनीले बताउनु भयो । उहाले रेबिज रोग सार्ने ९९ प्रतिशत कुकुर नै भएकाले कुकुरलाई रेबिज बिरुद्धको खोप लगाएका रेबिज रोग कमहुने बताउनु भयो ।
रेबिज रोगको लक्षण देखा परिसकेपछी यस रोगको उपचार छैन । रोगी वा शंकास्पद जनावरले टोक्ने बित्तीकै तोकेको घाउको उपचार, खोप र आवश्यकता अनुसार हाईपर सिरम लगाउनु पर्ने नारायण नगरपालीका दैलेखमा कार्यरत पशु सेवा प्राबिधिक चित्र प्याकुरेलले बताउनु भयो ।
समृद्धि कृषि । ११ आश्विन २०८०, बिहीबार ०८:१२