सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलले ठक्कर दिँदा दैलेखका ५ वर्षिय बालकको मृत्यु भएको छ । वीरेन्द्रनगरको मुलपानी नजिक मोटरसाइकलको ठक्करबाट दैलेख आठविस नगरपालिकाको खिड्कीज्यूला घर भएका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु भएको हो ।
हाल वीरेन्द्रनगर – ३ भैरवस्थान बस्दै आएका गिरी दुघर्टना मा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि कर्णाली कियर अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा मृत्यु भएको प्रहरीको जनाएको छ ।
घटनापछि मोटरसाईकल चालक फरार छन् । आफन्तले ठक्कर दिने मोटरसाइकल खोजेर चाकललाई पक्राउ गर्नुपर्ने माग राख्दै घटनास्थल सडक अवरुद्ध गरेका छन् ।

समृद्धि कृषि । १३ आश्विन २०८०, शनिबार १४:२५