सुर्खेत- एमाले कर्णाली प्रदेशको अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ। जसमा गुलावजंग शाह, प्रेमबहादुर सिंह, राजबहादुर शाही, मीनबहादुर शाही र प्रकाश रोकायाको उम्मेदवारी परेको हो।
उपाध्यक्षमा दानिसंह परियार र टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको छ। सचिवमा रुद्रबहादुर शाही, डण्डी शर्मा र ध्रुवबहादुर शाहीको परेको छ।
उप-सचिव समावेशिमा मेनका पछाई र पद्मा खड्काकाे उम्मेदवारी परेकाे छ। यस्तै, उप-सचिव खुलामा नायरणकुमार शाह, रविन्द्रकुमार शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, कमल शाही, तेजप्रकाश विक (ताेरन) र धिरेन्द्रराज गिरीकाे उम्मेदवारी परेकाे निर्वाचन अधिकृत अधिवक्ता रामबाबु विसीले जानकारी दिनुभयाे । यस्तै १ सय ३० सदस्यका लागि तीन सय बढीकाे उमेद्वारी परेकाे विसीले बताउनुभयाे ।

समृद्धि कृषि । १२ आश्विन २०८०, शुक्रबार २०:२२