सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ ।
शुक्रबार जारी मनोनयन दर्तामा प्रदेश अध्यक्षमा हालसम्म चार जनाले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन अधिकृत मातृका खनालका अनुसार अध्यक्षमा गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही र प्रेमबहादु सिह र प्रकास रोकायले दर्ता गराएका हुन् ।
एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता जारी रहेको छ । नयाँ नेतृत्वमा सर्वसम्मति नभएपछि निर्वाचन हुन लागेको हो ।

समृद्धि कृषि । १२ आश्विन २०८०, शुक्रबार १९:२०