मृतक पुरी र पुलामी का आफन्तद्धारा सुर्खेतमा आन्दोलन सुरु

सुर्खेत – वीरेन्द्रनगरको मुलपानी नजिकै नम्बर नखुलेको मोटरसाईकलले ठक्कर दिदाँ घटनास्थलमै निधन भएका, दैलेखको आठबीस नगरपालिका वडा नं ६ खिड्कीज्यूला घर भएका पाँच वर्षीय बालक दिग्दर्शन पुरीका आफन्तले आन्दोलन सुरु गरेका छन् ।
वीरेन्द्रनगरस्थित एक निजी विद्यालय उषाबालबाटीकाको होस्टेलमा ८ वर्षीय बालक सलाम पुलामी मृत फेला परेका बिषयलाई लीएर मृतकका आफन्तले आन्दोलन गरेका हुन।

सुर्खेतको मंगलगढी चौक , एरी चौकमा टाएर बालेर नारा जुलुस सहीत बाटो अवरुद्ध गरेका छन । सलाम पुलामी सुक्रबार राति ८ बजे उनी होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका थिय । घटना शंकास्पद रहेको भन्दै आफन्तले होस्टेल बाहिर तोडफोड गरेका छन् । यसैबिच घटना घटेको २४ घण्टा पुगेपनि प्रहरीले दुर्घटना कर्तालाई जोगाएको उनका आफन्तहरुले आशंका गरेका छन् ।

मामाको घरबाट फुपुको घर जाने भन्दै घरबाट निस्केका दिग्दर्शनलाई जेव्राक्रसमै उक्त मोटर साईकलले हानेको थियो । मोटरसाइकलले ठक्कर दिएपनि उनलाई चालकले झण्डै १५ मिटर भन्दा बढि मोटरसाइकलको लेकगार्डमा लतार्दै लगेको र सो कारण उनको निधन भएको आफन्तको भनाई छ ।

मंगलगढी चौकमा मृतकका आफन्तले बालेको टाएर ।

आठबीस ६ खिड्कीज्यूलाका लक्ष्मी प्रसाद जैसीले भने, ‘राज्यले यस्तो जघन्य घटना गर्नेलाई तत्काल कानूनी कारवाहीमा ल्याउनुपर्नेमा उल्टै ढिलासुस्ती गरेको छ । राज्यले हाम्रा कुरा राजमार्ग बन्द नगरेसम्म नसुन्ने भएका कारण हामी अब यो चरणमा पुग्न लागेका छौं ।’
उता, वडा नं(६ का वडाअध्यक्ष नमराज शर्माले राजधानीकै सडकमा यस्तो घटना हुँदा पनि प्रशासन संयन्त्र निरीह भएको हो कि भन्ने लागेको बताए ।‘राजधानीमै यस्ता घटना भए । बालकको दुर्घटनामा मृत्यू भएको भनिएपनि यसको आन्तर्य के हो बुझ्न सकिएको छैन । प्रहरी भने आफूहरुले घटनामा सहभागि मोटर साइकललाई निरन्तर खोजिरहेको बतायो ।

 

तपाईको प्रतिक्रिया