धानमा ‘कालो पोके’ रोग लागेपछि सुर्खेतका किसान चिन्तित

सुर्खेत – सुर्खेतमो बिरेन्द्रनगरका किसानले लगाएको धानमा कालो पोके रोग देखा परेको छ । हाइब्रिड ‘युएस ३१२’ जातको धान लगाएका सबै किसानको बालीमा कालो पोके रोग देखा परेको हो ।सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका भित्र लगाईएको अधिकांस धान बालिमा कालो पोके रोग देखा परेको छ ।कालोपोके रोग जिल्लाका पन्चपुरी चौकुने , बराहताल लगाएत अन्य क्षेत्रमा पनि देखीएको छ ।

यो रोग लागेको धानको बालामा ढुसीको जिवाणुहरूको पोको बन्दछ । यो पोको बाहिरबाट हरियो र भित्र पहेंलो वा सुन्तला रंगको हुन्छ । पछि गएर यो पोको कालो रंगमा परिणत हुन्छ ।यो रोगको नियन्त्रणका लागी रोगमुक्त बिउहरुको प्रयोग गर्ने । धानको बालामा आक्रमण भएका कालो पोकाहरू पोलीथिन ब्यागमा जम्मा गरी जलाई दिने ।

कालोपोके रोग लागेको धान बिरेन्द्रनगर ३ सुर्खेत

धानको बाला निस्कनु अघि ३ ग्राम बेभिस्टिन प्रति लीटर पानीको दरमा मिलाई स्प्रे गरी दिन । र अत्यधिक मात्रामा नाइट्रोजनयुक्त मल प्रयोग नगर्ने आदि कुरामा ध्यान दिनुपर्छ ।यो रोग लागेपछि धानका बोट कालो पोको हुने र धानको गेडा नष्ट गर्ने गर्दछ । यसले उत्पादन घट्ने भएपछि किसान चिन्तित बनेका छन् ।“धानमा कालो पोके रोगले सताएको छ । फलेका गेडामा कालो पोके लागेको छ”, बिरेन्द्रनगर २ का भगीराम पौडेलले भने, “यो वर्ष उत्पादन घट्ने भयो ।

” यसअघिका वर्षमा युएस ३१२ जातको धान उत्पादन बढी हुने र रोग पनि नलाग्ने भएकाले यसवर्ष पनि यही लगाइएको उनको भनाइ छ।
“यो धानले धेरै उत्पादन दिने भएकाले धेरै किसानको रोजाइमा पर्ने गर्दछ । यस वर्ष हावापानी नमिल्दा यसरी नै धोका खानुपर्‍यो”, स्थानीय बिरमा खड्काले भनिन, “धेरै उत्पादन हुन्छ भनेर यही धान लगाएका हौँ । यस वर्ष समयमा पानी नपर्दा, मौसममा आएको परिवर्तनलगायत कारण होला यसरी रोग लागेको छ ।” धान बालीमा रोग लागेपछि यहाँका सबै किसान चिन्तित बनेको उनले बताईन ।

कालो पोको बीउबाट लाग्ने रोग भएकाले अब उपचार गर्न सम्भव नभएको बिरेन्द्रनगर नगरपालिका कृषि शाखा प्रमुख हेमराज के.सीले बताए । किसानलाई हाइब्रिट बीउ भन्दा उन्नत जातको बीउ प्रयोग गर्न पटकपटक भन्ने गरिए पनि उनीहरुले हाइब्रिट बीउले धेरै उत्पादन दिन्छ भनेर लगाएको उनले बताए । हाइब्रिट बीउ लिए पनि उपचार गरे÷नगरेको प्रष्ट भएर मात्रै लिनुपर्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया