सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाको पशुपन्छी विकास शाखावाट पशुपालक कृषकहरुलाई बितरण गरेको बर्सिम घासको बीउमा व्यापक अनियमितता भएको पाइएको छ । घासको बीउ बजारको चलनचल्ति मुल्य भन्दा १ सय रुपैया बढीमा बितरण गरेको पाईएको हो ।
पशुपन्छी बिकास शाखाको आर्थिक बर्ष २०८० ÷०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार बर्सिम घासको बीउ शाखाले प्रती केजि ४ सय रुपैयामा बितरण गरेको छ । अनुदान बापत कृषकको ५० प्रतिशत रकम र नगरपालिकाको ५० प्रतिशत रकम मा शाखाले बिउ बितरण गरेको पाईएको हो । जसमध्य किसानले २ सय रुपैया र नगरपालिकाले २ सय रुपैया जम्मा गरि पशुपंछी बिकास शाखाका कर्मचारीले बीउ खरिद गरेका हुन् ।
खुल्ला रुपमा सुचना प्रकाशीत नगरि आफुखुसी बजार रेट भन्दा माथिको कोटेशन तयार पारी खरिद गरेको बिउ कृषकहरुलाई बितरण गरेका हुन । अहिले शाखाले बितरण गरेको बर्सिम घासको बजार मुल्य ३ सय रुपैया रहेको छ । कृषकलाई सहुलियत रुपमा बिउ बितरण गर्नुको साटो बजार मुल्य भन्दा १ सय रुपैया बढीमा बिउ बितरण गरेको कृषकहरुले गुनासो गरेका छन ।
बजारमा ३ सय खुद्रा मुल्यमा बिक्री भैरहेको बर्षिम घाँस नगरपालिकाले ४ सय मुल्य बिर्धारण गरि कृषकलाई ठगी गरिरहेको नाम नखुलाउने सर्तमा एक कृषकले बताए । शाखाबाट बितरण गरिएको बीउ र बजारको बीउमा कुनै फरक नरहेको बीउ प्राप्त गर्ने वीरेन्द्रनगर नगरपालिका वडा न। ०४ का किसान कपिल पौडेल बताउछन् । उनले भने हामीले बिउ लिन जाने समयमा पनि बजारमा बिउको मुल्य ३ सय छ यहा कीन महंगो भनेर भन्दा बजार भन्दा गुणस्तरको बिउ हो भन्दै लगे लग्नुस नत्र धेरै नबोल्नुहोस भनियो । नेपालमा बर्षिम घासको बिउ नेपाल सरकारका कृषि फर्म , समुह, सहकारी र भारतबाट आयत गर्ने गरिन्छ । यो दुबै ठाँउको बिउको सरदर अहिलेको बजार मुल्य ३ सय रहेको छ ।
नगरपालिकाले सहुलियत दरमा दिनुको साटो कृषकलाइ ठगी गर्ने काम गरेको पौडेलले बताए । नेपाल बिउ ब्यवसायी संघ कर्णाली प्रदेश का अध्यक्ष श्रीप्रसाद आचार्यले अहिले बजारमा उपलब्ध बर्षिम घास ३ सय रुपैया मा बिक्री भैरहेको बताए । उता बिरेन्द्रनगर नगरपालिका पशुपंन्छी बिकास शाखा प्रमुख यज्ञप्रसाद पाण्डेले आफुहरुले बितरण गरेको बिउ गुणस्तरको भएको ले महंगो भएको बताए । बिरेन्द्रनगरका प्रमुख प्रशासकीय अधिकृत गहेन्द्र बहादुर डाँगीले आफुलाई यस बारेमा आफुलाई जानकारी नरहेको बताए ।
समृद्धि कृषि । ३ कार्तिक २०८०, शुक्रबार ११:४३