सुर्खेत- बिरेन्द्रनगर नगरपालीका १२ न. बडामा रहेको प्रगती टोल सरसफाई कार्यक्रम गरियको छ । प्रगती टोल बिकास संस्थाको आगोजनामा ढकालचोक पूर्ब ,नेवारे खोला पुल , भित्री भाग हुदै नेवारे स्कुल सम्म टोल बासीले सरसफाई गरेका हुन । बिजया दशमी सकिए संगै चाडबाडको समयकमा निस्कने फोहर र अन्य फोहरको ब्यवस्थापन गर्नका लागी आयोजना गरियको हो ।
सरसफाई कार्यक्रममा घरवाट निस्कने फोहरको ब्यवस्थापन कसरी गर्ने र कुहिने र नकुहिने फोहरको संकलनका बारेमा टोलबासीहरुलाई जानकारी गराईयको प्रगती टोल बिकास संस्थाका सचिब याम शर्माले बताए । नगर लाई र आफ्नो टोललाई सौन्द्रर्य गराउने जिम्मेवारी यस टोलमा बसोवास गर्ने टोलबासीको रहेको हुदा आफ्नो अगाडीको फोहोरलाई सबैले नियमीत सरसफाई गरि प्रगती टोलाई बिरेन्द्रनगर नगरपालिकनको नमुना टोल बनाउन समेत शर्माले आग्रह गरेका थिए ।
प्रगति टोल बिकास संस्थाले टोललाई नमुना बनाउनका लागी नगरपालिका संग टोलमा बिकास का लागी पहल गरिरहेको टोल बिकास संस्थाका अध्यक्ष चन्द्रप्रसाद जैसीले बताए । जैसीले टोलमा हालसम्म बिभिन्न खालका जनचतनामुलक कार्यहरु गदै आएको बताउदै टोलबासीको सक्रियता लाई र सबै सहभागीहरुलाई धन्यबाद समेद प्रकट गरेका छन ।
प्रगती टोल बिकास संस्थाले यस भन्दा पहिले समेत टोलमा बिभिन्न सरसफाई, साथै अन्य जनचेतनामुलक कार्यक्रमहरु गदै आईरहेका अध्यक्ष जैसिले बताए ।
समृद्धि कृषि । ११ कार्तिक २०८०, शनिबार ११:२८