कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षाको सम्भावना

सुर्खेत – उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल कोशी, मधेश, कर्णाली र सुदूर पश्चिम प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक,दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। राती पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू,भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार राति कर्णाली प्रदेशको पहाडी भू- भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी, गण्डकी, कर्णाली र सदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

तपाईको प्रतिक्रिया