दैलेखको भैरवीमा कृषि मेला प्रर्दशनी कृषकहरु उत्साहीत

सुर्खेत – दैलेखको भैरवी गाउँपालिकामा गाउँपालिका स्तरीय कृषि मेला प्रर्दशनी संचालन भएको छ । घरघरमा तरकारी, सबैको रोजगारी भन्ने मुल नाराका साथ प्रर्दशनी मेला सम्पन्न भएको हो ।

भैरवी गाउँपालिकाको आर्थिक सहयोग, एइ आई एन लक्जेम्बर्गको साझेदारी, सोसेक नेपालको आयोजनामा प्रर्दशनी मेला सम्पन्न भएको भैरबी गाँउपालीका दैलेखका कृषि शाखा प्रमुख प्रकाश भट्टराईले बताउनुभयो । उहाँका अनुसार एक दिने प्रर्दशनी मेलामा भैरवी गाउँपालिका भित्र उत्पादन हुँदै आएका नगदे बाली, ताजा तरकारी, फलफूल तथा मसला बालीको प्रर्दशनी गरिएको थियो । कृषि प्रर्दशनीमा ८७ जना कृषकले कृषि सामाग्री प्रदर्शन गरेका थिए ।

जसमा उत्कृष्ट ७ जना कृषकहरुलाई कृषि सामाग्रि र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ । कृषिका बिभिन्न क्षेत्रमा उत्कृष्ट ७ जना कृषक लाई कृषि सामाग्रि र प्रमाणपत्रका साथ पुरस्कृत गरिएको शाखा प्रमुख भट्टराईले जानकारी दिनु भयो ।

कृषि मेला प्रर्दशनीमा तरकारी तर्फ भैरवी ४ का धनाकुमारी शाही प्रथम, संगिता भण्डारी भैरवी गाउँपालिका ६ दृतिय, जानकी कुमारी बिष्ट भैरवी १ तृतिय, पुरस्कृत भएका छन ।

फलफूल तर्फ प्रथम हुनेमा भुबनसरा रिजाल भैरवी ५, दृतिय माधब प्रसाद उपाध्याय भैरवी गाउँपालिका ५, तृतीय महेन्द्र शाही भैरवी गाउँपालिका ५ पुरस्कृत भएका छन ।
फलफूल तथा तरकारी दुबै तर्फमा उत्कृष्ट हुनेमा भैरवी गाउँपालिका ५ का गजेन्द्र प्रसाद रिजाल पुरस्कृत भएको भट्टराईले जानकारी दिनुभयो ।
प्रर्दशनी मेलामा आफूले उत्पादन गरेका चिजबस्तू प्रर्दशनी गर्दै कृषि प्रर्दशनी एक दिन मात्र नभएर महिना वा हप्ताको एकपटक गर्ने गरि हाटबजारको व्यवस्था गरे आफुहरुलाई निकै राहत हुने कृषकहरुले बताएका छन् ।

गाउँपालिका भित्र उत्पादन हुँदै आएका विभिन्न बालीहरुको प्रदर्शनका साथै मेहनती किसानहरुलाई सम्मानका तथा हौसला प्रदान गर्ने उद्देश्यले कृषि मेलाको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष देबि भण्डारीले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया