काठमाडौं – सरकारले बाँदरको जोखिम रहेका क्षेत्रमा सिमल, तरुल, बेसार, चिया कफी, अदुवा खुर्सानी लगायतका खेती गर्न प्रोत्साहन गर्ने घोषणा गरेको छ ।
संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा यस्तो घोषणा गरिएको हो ।
बाँदर बदेल निलगाई जस्ता जंगली जनावरबाट खेतीबालीमा हुने नोक्सानी कम गर्न नियन्त्रणका उपाय अबलम्बन गरिने र पुष्प उत्पादनलाई प्रोत्साहित गरिने बजेटमा उल्लेख छ ।
समृद्धि कृषि । १६ जेष्ठ २०८२, बिहीबार १५:५६