रासायनिक मलमा २८ अर्ब ८२ करोड अनुदान

काठमाडौं । सरकारले रासायनिक मलका अनुदानका लागि २८ अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले भने, ‘रासायनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिक टन पुर्‍याइने भएको छ । रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड बजेट विनियोजन गरिएको छ ।’

लगानी बोर्ड मार्फत रासायनिक मल कारखाना स्थापना गर्न आवश्यक तयारी गरिने सरकारको तयारी रहेको छ ।
यस्तै प्राङगारिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि ४० करोड बजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्री पौडेलले पुष्पलाल मध्य पहाडी राजमार्ग र मदन भण्डारी राजमार्गको आसपासमा उत्पादन प्रवर्द्धन गरिने बताएका छन् ।

तपाईको प्रतिक्रिया