कृषिमा काम गर्ने संस्थाको कर्णालीमा उपलब्धि शुन्य ः मन्त्री शर्मा

याम शर्मा
सुर्खेत । कणाली प्रदेशमा कर्मथलो बनायर कृषिमा काम गर्ने संस्थाको हाल सम्म कुनै पनी काम नदेखीएको कर्णाली प्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रि भिम प्रकाश शर्माले बताएका छन ।

जिआइजेट द्धारा संचालीत ग्रप परियोजना ले आयोजना गरेको जलवायुमैत्री कृषि बीउ वीजन ,कृषि मेशिनरी तथा कृषि सेवा बिस्तार बिषयक गोष्ठिमा बोल्दै मन्त्री शर्माले कृषि संग काम गर्ने कुनैपनी निकायले नतीजा मुलक काम नगरेको बताएका हुन ।

उनले कर्णाली प्रदेशमा कृषि संग काम गर्ने संस्थाको अहिले सम्म कुनैपनी काम प्रभाबकारी र डाटाहरु नभएको बताएका छन । मन्त्री शर्माले यो प्रदेशमा राष्ट्रिय र अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाले कृषिमा काम धैरै गरेको बताउछन तर रिजल्ट कतै देखीदैन यसका लागी सबै जिम्मेवार भएर लाग्न अनुरोध गरे। कृषिमा धैरै संस्थाले काम गरेका छौ, भनेका छन तर कहा कती जनाको जिवन परिवर्तन भयो भन्ने कुरा कतै छैन ।
आज सम्म कृषिमा कामहरु धैरै भए तर कतैपनी केहि छैन अब काम गर्दा रिजल्ट बेशमा काम गर्न आफ्नो कार्यकालमा पहल गर्ने बताए । मन्त्री शर्माले कर्णाली प्रदेशमा कृषिमा खासै उपलब्धी हुन नसकेको बताए ।यो प्रदेशमा कृषि कार्यालय तथा पालिकाहरुले कृषिमा धैरै काम गरे तर कुनै पनी उपलब्धी देखियन आगामी दिनमा उपलब्धी र नतीजा देखिने काम र योजना बनाएर अगाडी बढरने बताए ।

कृषिमा आधारित जुनसुकै काम पनी अनुदानका लागी मात्र गरिने परिपाटीको अन्त्य गर्नका लागी आगामी बजेटमा त्यस्ता खालका निती तथा कार्यक्रम ल्याइने बताए ।कार्यक्रम आगामी कार्यक्रममा बीउ उत्पादनमा बिषेश जोड दिईने खालका कार्यक्रम बनाइने बताएका छन । कर्णाली मा रैथाने बालीको समेत बीउ संकलन र उत्पादनमा जोड दिइने बताएका छन ।

 

तपाईको प्रतिक्रिया