कर्णालीका कृषक अझै घट्टभन्दा माथी उठ्न सकेका छैनन् ः मुख्यमन्त्रि शर्मा

याम शर्मा

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रि राजकुमार शर्माले कर्णाली प्रदेशका कृषक अझै प्रबिधि मैत्री नभएको बताएका छन ।
जि आ इ जेट द्धारा संचालीत गे्रप परियोजना ले बिरेन्द्रनगरमा आयोजना गरेको जलवायुमैत्री कृषि बीउ वीजन ,कृषि मेशिनरी तथा कृषि सेवा बिस्तार बिषयक गोष्ठिको समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्रि शर्माले कृषि बिकासमा धेरै प्रबिधिको बिकास भयो तर कर्णाली घट्टभन्दा माथी उठ्न सकेको छैन ।
सामान्तबादी कृषि प्रणाली लाइ उखेल्दै नयाँ प्रबिधि युक्त ब्यावसायीक खेती प्रणालीमा नलागे कृषिमा बिकास हुन नसक्ने बताए । कर्णालीमा सम्भावना भएको क्षेत्र कृषि र जडिबुडी रहेकोले यसको उधोग स्थापना गरि बेरोजगारी समस्या समाधान गर्न सकीने मुख्यमन्त्रि शर्माले बताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले हिमाली क्षेत्रमा उत्पादन हुने फलफुल, तरकारी, खाद्यान्न तथा जडिबुटीको अचित व्यवस्थापन गरी उद्योग संचालन गर्न सके धेरैलाई रोजगारी दिन सकिने र सरकारको एउटा उपलब्धि देखिने बताए ।

उनले यो प्रदेशमा व्यवसायमा प्रचुर सम्भावना भएपनि हाम्रा गतिविधिहरु परम्परागत ढिकी र घट्टबाटै चलिरहेकाले उक्त कुराहरुलाई सुधार गर्दै व्यवसायिक रुपमा कृषि गर्न सके कृषि क्षेत्रमा धेरै प्रगति गर्न सकिने बताए । अर्गानिक प्रदेश वनाउने सरकारको लक्ष्य पुरा गर्न कठिन भएपनि सवैलाई यो कुरा आजको आवश्यकता महशुस भईसकेकाले थोरै क्षेत्रबाट अर्गानिक काममा सरकार लाग्ने बताए ।

वातावरणीय परिवर्तका कारण वीउको गुणस्तर सुधार गर्नका लागि अनुसन्धान केन्द्रले प्रभावकारी रुपमा कार्यहरु अगाडी बढाउन कृषि मन्त्री मार्फत् सम्बन्धित निकायलाई निर्देशन दिए । अवको आवश्यकता साझेदारी मोडलमा काम गर्नु पर्ने, आफ्नो पुजी ः आफ्नै लगानीका कार्यक्रमहरु अगाडी बढाईनु पर्ने, प्रविधिमैत्री कृषि गतिबिधिहरु संचालन गर्नुपर्ने, आयातित बस्तुहरु बिक्री वितरणमा कमि ल्याउदै स्थानिय उत्पादित बस्तुहरुको बिक्री बितरण गरिनु पर्ने, कृषि क्षेत्रमा सोच्ने तरिका र काम गर्ने तरिकामा बदलाव ल्याउनु पर्ने ।

 भुगोलका आधारमा कार्यक्रमहरु तयार गरिनु पर्ने र संचालन गरिएका कार्यक्रमको नियमित अनुगमन गरिनुपर्ने, खालका कार्यक्रम बनाउन कृषि मन्त्रालयलाइ सुझाव दिए । अव बन्ने निति तथा कार्यक्रममा कृषिको माध्यमबाट गरिवीको अन्त्य र सामाजिक न्यायको वातावरण सिर्जना हुनेगरी आवश्यकताको प्राथमिकिकरण गरी उचित सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्लान्ट क्वारेन्टिन तथा बिषदी ब्यबस्थापनका प्रमुख साबित्री बरालले हाल बिषादी ब्यवस्थापनमा कानुनी समस्या का बारेमा जानकारी, भुमिब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख धन बहादुर कठायतले बीउबिजन , प्रांगारिक मल तथा विषादीमा प्रदेश सरकारको नितीगत प्रावधानहरु, नेपाल वीउ व्यवसायी संघका केन्द्रिय अध्यक्ष बसन्तचन्द्र मरहठ्ठाले वीउ उत्पादन तथा वजारीकरणको समस्या, चुनौती र अवसर, ग्रेप परियोजना प्रमुख कल्याण गौलीले परियोजना बारे जानकारी दिएका थिए ।

अर्गानिक बायो फर्टिलाइजरका रोशन केसीले प्रांगारिक मल तथा जैविक मलको बारेमा जानकारी, प्रारम्भ बायोटेकका प्रतिनिधीले जैविक विषादीको बारेमा, नेपाल कृषि मेसिनरी संघका केन्द्रिय सचिव कृष्ण शर्माले समग्र कृषि औजार उपकरणका सम्भावना अवसर र चुनौतिका विषयमा जानकारी, मुक्तीनाथ कृषि कम्पनीका सञ्जीव परियारले मुक्तीनाथ कृषि कम्पनीले गर्ने कामहरुका बारेमा जानकारी गराएका थिए ।समापन कार्यक्रमको संचालन कृषि बिकास निर्देशनालयका कृषि प्रसार अधिकृत तिलक पाण्डेले गरेका थिए ।

तपाईको प्रतिक्रिया