दैलेखमा आगलागी बाट दश जना गम्भीर घाईते


दैलेख । दैलेखको आठबिस नगरपालिका वडा न. ६ मा आगलागी बाट दश जना गम्भीर घाईते भएका छन ।े माल्या सामुदायीक वनमा लागेको आगो बियन्त्रण गर्ने क्रममा आठबिस नगरपालिका वडा न. ६ का बसुन्धरा बि.क, नबीन बि.क , छात्रा बि.क ,भैरब बि.क, पुजा बिक ,नैना बिक , प्रकाश बिक , लगायतका घाइते भएका हुन ।
बनमा एक्कासी आगलागी भएपछी गाउँका सबै मानिसहरु आगो नियन्त्रणका लागी गएका थिय । आगो नियन्त्रण बाहीर गए पछी १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । घाइतेहरुको उपचारका लागी हेलीकप्टर मार्फत कोहलपुर मेडीकल कलेजमा पुर्यायर उपचार सुरु गरियको छ ।
घाइतेको उपचारमा कुनै कमी हुन्न ः मन्त्री
उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालय का माननिय मन्त्री कृष्णकुमार वि सी ले घाइतेहरुको उपचारमा कुनैपनी कमीहुन नदिने बताएका छन । मन्त्रि बिसीको निजि सचिवालयले एक प्रेश बिज्ञप्ती जारी गदै आगलागी बाट घाइते लाई थप उपचारका लागी हेलिकप्टर मार्फत कोहलपुर मेडीकल कलेजमा अर्निङ वार्डमा उपचारको ब्यवस्था मिलाइने जनाइएको छ । मन्त्री बिसीले यथा सिग्र उपचारका लागी सम्बन्धित निकाय संग पहल गरिरहेको मन्त्रीको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया