नारायण नगरपालीकाले सुरु गर्यो बाँझो जमीनमा खेती


दैलेख । दैलेखको नारायण नगरपालिकाले बाँझो जमिनमा तरकारी खेती सुरु गरेको छ । नगरका कृषकलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले खेर गएको बाजो जमीनको सदुपयोग गरेको हो ।

नगरपालिकाको कृषि विकास शाखा मार्फत बाँझो जमिनको सदुपयोग अभियान थालिएको हो । पहिलो चरणमा बर्षे आलु उत्पादनलाई प्रभावकारी बनाउने कृषि विकास शाखा प्रमुख खेमराज शर्माले जानकारी दिएका छन् ।
नारायण नगरपालिका वडा नं ११ राईलि त्रिपानीमा १५ वर्षदेखि बाँझो रहेको करिब ३० रोपनी जमिनमा बर्षे आलु उत्पादन सुरु गरिएको शाखा प्रमुख शर्माले बताए । स्थानीय सहकारी मार्फत सामुहिक रुपमा कृषि अभियान थालिएको हो ।

वडा नं ११ को १ सय ६० रोपनी बाँझो जमिनमा रैथाने बाली कोदो, फापर, सिमि लगाउने अभियान शुरु भएको कृषि शाखा प्रमुख शर्माले जानकारी दिएका छन् । नारायण नगरपालीका दैलेखका ११ वटै वडामा कृषिका विभिन्न कार्यक्रमहरु शुरु गरेर स्थानीय स्तरमै रोजगारी सृजना गर्ने अभियान थालनी गरिएको छ । बिशेष गरेर वडा नं १० र ११ लाई बर्षे आलु उत्पादनको पकेट क्षेत्र बिस्तार गरी त्यहाका कृषकलाई आत्मनिर्भर गराउने गरी काम गरिने कृषि शाखा प्रमुख शर्माले बताए । कोदो फापर, सिमी,कागुनो मार्से लगाउने योजना छ।

आलु बाली प्रवर्द्धन कार्यक्रम मुख्य मन्त्री तथा मन्त्री परिषद कर्णाली प्रदेश, नव पर्वतन साझेदारी कार्यक्रम तथा अन्य रैथाने वाली प्रवर्धन अन्तर्गत संघीय कृषि विकास मन्त्रालय कृषि विभागको बालविकास निर्देशनालाय अन्तर्गत जैविक संरक्षण केन्द्रको आर्थिक सहयोग मा नारायण नगपालिका कृषि विकास शाखाले कार्यक्रम सञ्चालन गरेको हो ।

वडा नं ११ को राईलीमा राईली कृषि सहकारी संस्था मार्फत बर्खे आलु उत्पादन शुरु गरिएको छ । उत्पादन भएको आलु विक्री वितरणको जिम्मा स्थानीय पालिकालेनै लिने गरी काम शुरु गरिएको छ । उत्पादन भएको आलु विक्री वितरणका लागि सहकारी मार्फत जिल्ला भित्र र बाहिरका व्यापारिहरुमार्फत विक्री गरिने तयारी थालिएको कृषि शाखा प्रमुख खेमराज शर्माले बताए ।

यसपालिका आलु लगाइएको ३० रोपनी क्षेत्रबाट न्यूनतम २१ मेटिकटन आलु उत्पादन हुने लक्ष्य लिईएको छ । किसानहरुले लगाएको आलु अहिले गोड्ने बेला भईसकेको छ । बेमौषमी आलु भएकोले बिक्रिको कुनै समस्या नभएको र किसानहरुले राम्रो आम्दानी लिन सक्ने शर्माको भनाई छ । नगरमा कृषिको सम्भावाना भएका क्षेत्रहरुमा माटो सुवाउदो बालीहरु उत्पादनमा जोड दिन सकीने शर्माले बताए । आर्थिक समृद्धिको मुख्य आधार कृषि भएपनी कृषिमा कम बजेटका कारण धेरैकाम गर्न नसकीयको शाखा प्रमुख शर्माले बताए । आगामी दिनमा नगरका कृषकलाइ आत्मनिर्भर बनाउनका लागी मौषमी तथा बेमौषमी उत्पादनमा जोड दिइने उनले बताएका छन ।

देशमा आर्थिक संकटको अवस्था देखिएका बेला र सयौं हेक्टर जमिन बाँझो रहेका बेलामा यो बाँझो जमिन सदुपयोगको यो अभियानले सार्थकता पाउन सके दैलेखका धेरै बाँझो जमिनहरुको सदुपयोग हुने र स्थानीय स्तरमै रोजगारी हुन सक्ने देखिन्छ ।नारायणका ११ वटै वडामा कृषिका विभिन्न कार्यक्रमहरु शुरु गरेर स्थानीय स्तरमै रोजगारी सृजना गर्ने अभियान थालनी गरिएको नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले बताए ।
लामो समय सम्म बाँझो रहेर बनमारा भरियको जमीनमा मनै लोभाउने गरि आलु का बोटहरु हरियाली भएको देख्दा आफुहरु खुसी भएको कृषक कुलबहादुर बिष्टले बताए । उनले भने गरेपछी असम्भब केही रहेनछ , यस्ताहोला भनेर सोचेका पनी थियनौ अहिले हरियाली देख्दा खुसी लागेको छ ।

तपाईको प्रतिक्रिया