जेठ ७ देखि बिमा कम्पनीहरूले कृषि बिमालेख जारी नगर्ने

काठमाडौँ — बिमा कम्पनीहरुले जेठ ७ देखि कृषि बिमालेख स्थगित गर्ने निर्णय गरेका छन् । राज्यको नीति अनुसार सरकारले कृषि बिमामा दिनुपर्ने अनुदानबापतको रकम नदिएको भन्दै कृषि बिमालेख जारी नगर्ने नेपाल बिमक संघले निर्णय गरेको हो । संघका अनुसार सरकारले कृषि बिमा शुल्कमा तोकेको अनुदान रकमबापत करिब ३ अर्ब रुपैयाँ बिमा कम्पनीलाई तिर्न बाँकी छ ।

‘नेपाल सरकारले कृषि बिमा शुल्कमा तोकेको अनुदान रकम बिमा कम्पनीलाई दिन हालसम्म करिब ३ अर्ब रुपैयाँ बाँकी छ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबाट बिमित तथा दाबीकर्ताहरुमा पर्न जाने असरप्रति क्षमाप्रार्थी छौं ।

’बिमा कम्पनीहरुका अनुसार माछा बिमा शुल्कमा अनुदान रकम २०७७ साल देखि, बाली बिमा र पशुपंक्षी बिमाको अनुदान रकम २०७८ असोजदेखि भुक्तानी बाँकी छ । नेपाल सरकारबाट प्राप्त हुनुपर्ने बाँकी बक्यौता अनुदान पूर्ण रुपमा प्राप्त नहुन्जेल कृषिसँग सम्बन्धित सबै बिमाको बीमालेख जारी गर्न र सम्बन्धित क्षतिको दावी भुक्तानी दिन कम्पनीहरु असमर्थ रहेको संघको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया