जुम्लामा मार्सी धानको रोपाइ सुरु


जुम्ला – मार्सीधान संरक्षणका लागि जुम्लाको पातारासी गाउँपालिकाले रोपाई महोत्सवको गरेको छ । विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान फल्ने उपमा पाएको छुमचौर ज्युलोमा रोपाई महोत्सव गरिएको हो ।

समुन्द्री सतह देखि झण्डै २ हजार ८ सय ५० मिटर उचाईमा छ। स्थानीय सरकारको र कृषि बिकास कार्यालयको अगुवाईमा यस वर्ष कर्णाली प्रदेशका भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री भिम प्रकाश शर्माले खेतमा काली मार्सी धान रोपेर उद्धघाटन गरिएको छ ।कृषि सहकारी मन्त्री शर्माले छुमचौरको ज्युलोका कृषक संग मार्सी रोपेका छन । पछिल्लो समय बजारमा मार्सी चामलको माग उच्च रहेको बताए ।

उनले जुम्लाका किसानले यहाको रैथाने बालीको उत्पादन बढाउन सकेको खण्डमा कर्णाली प्रदेश सरकारले बजारीकरण गर्ने बताए । उनले भने,’ मार्सीधान संरक्षणको लागी संघ र स्थानीय सरकाले लगानी गरेको छ । प्रदेश सरकारले विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने मार्सी धानको लागी आबश्यक सहयोग गर्ने छ । उनका अनुसार छुम चौरको सबै ज्युलोमा मार्सी धानको रोप्न अनुरोध गरे । उनले यहको पहिचान महत्व बोकेको मार्सीधानको छुमा ज्युलो हेर्नका लागी पर्यटक बढ्ने बताए ।

जिल्ला समन्वय समितका प्रमुख गौरी नन्द आर्चायले भने,स्थानीय किसानमा मार्सी प्रतिको आकर्षण बढ्दैछ। उनले भने,’छुमचौर ज्युलोलाई पर्यटकिय गन्तव्यका रुपमा स्थापित गर्ने सोच कर्णाली प्रदेस कारकारले राख्नु पर्ने बताए । उनले भने ,’जुम्ला जिल्ला अर्गानी घोषणा भएको जिल्ला हो । यहा उत्पादन हुने हरेक बस्तु बिषादी रहित हुन्छ । उनका अनुसार पातारासीमा उत्पादन हुने आलुले बजार नभएको समेत बताए ।

गाँउपालिकाका अध्यक्ष पुर्ण सिंह बोहोरा संस्कार र संस्कृतिसँग जोडिएको मार्सीधान संरक्षण गर्न किसानलाई उत्साह फैलाउने कार्यक्रम गरिरहेको बताए। उनले भने, यहको आय स्रोत भनकै जडीबुटी भएकाले छुमचौर यार्सा टिप्न जाने भएकोले खेतहरु बाँझो हुने बताए ।
परम्परादेखि जेठमै धान रोप्ने चलन छ । विश्वकै अग्लो स्थान उचाइकमा रहेको जुम्ला छुमचौर ज्युलोमा मार्सी फल्ने गर्दछ । पछिल्लो समय मार्सी लोप हुँदै गएपछि यसको संरक्षणमा कृषकदेखि स्थानीय सरकार लागिपरेका छन ।

मार्सीधानमा ब्लाष्ट रोगको संक्रमण भएपछि उपचार विधि थाहा नपाउदा किसानले लगाउनै छाडेका थिए । अहिले कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा धान रोप्ने गरिएको जिल्ला कृषि बिकास कार्यालय जुम्लका निमिक्त प्रमुख गणेश बहादुर अधिकारीले बताए । उनका अनुसार सामान्यतया अन्य जिल्लामा असारमा मात्रै धान रोपिन्छ । तर, जुम्लामा भने जेठमै धान रोप्ने चलन छ । चिसोका कारण असारमा रोपेको धान समयमै नपाक्ने भएकाले यहाँ जेठमै धान रोप्ने गरिएको हो ।

तपाईको प्रतिक्रिया