सुर्खेत – जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भुकम्प पिडीतलाई नेपाल कृषि मेशिनरी सघं नामीया ले राहत बितरण गरेको छ । नामियाले जिल्ला प्रशाशन कार्यालय, जाजरकोटस्थित विपद व्यवस्थापन आपुर्ती समितीको समन्वयमा भेरी नगरपालिका नगरकार्यपालिकालाई राहत सामाग्री हस्तान्त्रण गरियको हो ।
तत्कालका लागी चामल ४२ वोरा, तोरीको तेल ४० पाउच, दाल ४२ केजी र नुन ५० केजी हस्तान्तरण गरेको राहत बितरण सहभागी नामीयाका सदस्य यामप्रसाद शर्माले बताए। नामियाका महासचिव अर्जुन लुईटेलले प्रारम्भिक रुपमा यो राहत वितरण गरेपनि थप राहतका लागि नामियाका पदाधिकारी र सम्पूर्ण सदस्यहरु लगायत सर्वसाधरणलाई सहयोगकालागि आव्हान गरिएको बताए ।
नेपाल कृषि मेसिनरी ब्यावसायी संघले जाजरकाट र रुकुमपश्चिममा गएको विनासकारी भूकम्पमापरि घाइते भएका र घरबिहिन भएकाहरुका लागि कृषि क्षेत्रबाट पनि राहत वितरण कार्य गरिदिएकोमा भेरिनगरपालिका जाजरकोटका कृषि बिकास शाखा प्रमुख यज्ञबहादुर अधिकारीले धन्याबाद ब्यक्त गरेका छन ।त्यसै गरी जिल्ला प्रसाशन कार्यालय जाजरकोटको बिपतब्यबस्थापन आपुर्ति समतिका संयोजक तथा कृषि बिकास कार्यालय जाजरकोटका प्रमुख महेश आचार्यले भुकम्प पिडीतका लागी कृषि क्षेत्रको संस्था नामियाले राहत बितरण गरेकोमा धन्यबाद ब्यक्त गरे । उनले पुन स्थापना का लागी सबैले हातेमालो गरेर अगाडी बढ्न समेत आग्रह गरेका छन ।
नामीयाले थप राहतको लागी सबै संग आग्रह समेत गरेको संघका अध्यक्ष कृष्ण शर्माले बताए ।थप राहत समाग्री संकलन पछी नया प्याकेज पिडीतहरुलाई बितरण गरिने शर्माले बताए । उनले भने हामी कृषिको क्षेत्रमा काम गर्ने भएकाले पुन स्थापना का लगी आवस्यक कृषि सामाग्री सहयोग गर्नेकी भन्ने बारेमा सरोकारवाला संग छलफल भईरहेको छ । राहात सामाग्री जम्मा गरेर हामी पुन सो प्याकेज बितरण को तयारी गरिरहेका छौ ।
समृद्धि कृषि । २३ कार्तिक २०८०, बिहीबार ०८:०५