जाजरकोट – नलगाड नगरपालिकाको पालीगाउँ विनासकारी भूकम्पले क्षेतविच्छेत छ । एकै घरका रन्जना पुन, बिनोद पुन, सम्झना पुन सहित विनिता पुन, मोहन परियार, प्रेम रसाईली, अमृता पुन र अमृत पुनको ज्यान गएको छ ।
गाउँ नै पहिरोको जोखिम उत्तिकै जोखिममा छ । विहिबार पालीगाउँका पीडितसंग नेता आचार्यले भेटघाट र छलफल गरेका छन । भेटघाटमा आफुहरुले अहिलेसम्म राहत नपाएको, सरकारले नहेरको गाउँका कुनै पनि घर बस्न लायक नभई पुरै क्षतविक्षत भएको गुनासो सुनाए । स्थानीयहरुले पहिरोको जोखिममा रहेको पाली गाउँको बस्ती नै स्थानान्तरण गर्नु पर्ने माग गरेका छन ।
नेता आचार्यले प्राकृतिक संकटबाट भएको क्षतिप्रती दुख व्यक्त गर्दै राहत र पुनर्स्थापनाका विषयमा निराश आश्वासन दिए । नेता आचार्यले भने दुस्खद घटना भयो, अब यसको व्यवस्थापन र पुनर्स्थापनाका लागि अब निराश नहुनुहोला, हामी साथमा छौं, तपाईंहरुको साथमा एमाले छ ।
महाविपत्तीको यो बेलाको पीडा तपाई हामी मिलेर सामना गरौंला नेता आचार्यले पीडितहरुलाई ढाडस दिए । नेता आचार्यले मृतक परिवारलाई चामल, लत्ताकपडा लगायतका राहात सामाग्रीहरु हस्तान्तरण गरेका छन ।

समृद्धि कृषि । २४ कार्तिक २०८०, शुक्रबार ०९:२८