पोखरा – पोखराको नयाँ बजारस्थित प्रदर्शणी केन्द्रमा शुक्रबारदेखि पहिलो प्रदेशस्तरीय कृषि मेशिनरी प्रदर्शनी २०८० शुरु भएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)को आयोजनामा भएको तीन दिने कृषि मेसिनरी एक्स्पोमा कृषि मेसिनरी तथा उपकरणको उत्पादन, बिक्री, मर्मत, तालिम र प्रयोगमा संलग्न ६० कम्पनीका ७० भन्दा बढी स्टल राखिएका छन् ।
गण्डकी प्रदेशका कृषि तथा भूमी व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरेको प्रदर्शनीमा नेपाल र भारतका कृषि सामग्री उत्पादक, बैंक तथा वित्तीय संस्था, बिऊ तथा खाद्य उत्पादक, रैथाने बाली प्रवर्द्र्धक, संघीय, प्रादेशिक तथा स्थानीय सरकारी निकाय र साना तथा मझौला कृषि उद्यमीहरु सहभागी छन् ।
नेपालमै बनेको कोदो फल्ने मेशिनको अनावरण गर्दै मन्त्री जिसीले प्रदर्शनीको उद्घाटन गरेका थिय ।नामियाका अध्यक्ष कृष्ण शर्माले स्वदेशी उत्पादन र उद्योगलाई कृषि क्षेत्रमा प्रवद्र्धन गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताउँदै कृषिमा मेसिनरीको प्रयोगमा हस्तक्षेप गर्ने उद्देश्य पनि यसले लिएको बताए ।
तर, नीतिगत स्थायित्व नभएकाले विद्यमान नीतिको कार्यान्वयन पनि कमजोर रहेको भन्दै उनले कृषिको आधुनिकीकरण र विकासका लागि यस क्षेत्रमा थप लगानी गर्नुपर्नेमा जोड दिए।
‘प्रविधिको प्रयोग र प्रवद्र्धनबाट मात्रै हासिल गर्न सकिने उत्पादन लागत घटाउन काम गर्नुपर्छ,’ उनले भने, ‘कृषि औजारको बिक्रीपछिको सेवा दिने व्यवस्था पनि तत्कालै आवश्यक देखिएको छ ।आइतबार सम्म चल्ने प्रर्दशनिला करिब २0 हजार दर्शकले अबलोकन गरेका छ्न ।
समृद्धि कृषि । २२ पुष २०८०, आईतवार १२:३१