दैलेखको गुराँस गाँउपालिका द्धारा कृषि सामाग्री बितरण

दैलेख – दैलेखको गराँस गाउपालिकाले कृषकहरुलाई कृषि सामाग्री बितरण गरेको छ । पालिकाको ७५ प्रतिशत र कृषकको २५ प्रतिशत लगानिमा कृषि सामाग्री बितरण गरियको हो ।
गाउँपालिकाले ८ थान मिनिटिलर १ थान कम्वाईन मिल , २० थान ईलेक्टिक स्प्रेयर, ३ थान पावर स्प्रेयर , २० थान प्लाष्टिक स्प्रेयर, १३ थान थोपा सिँचाई ,१५ थान प्लाष्टिक टनेल, बितरण गरेको छ ।
गुराँस गाउपालिकामा रहेका २२ वटा कृषि समुह , सहकारी र निजि फर्मलाई बितरण गरियको कृषि बिकास शाखा प्रमुख पुर्णबहादुर खड्काले बताए । कृषकलाई कृषि प्रबिधिमा जोड्दै उत्पादनमा बृद्धि ल्याउन कृषि यान्त्रिकिकरणमा जोड दिईएको शाखा प्रमुख खड्काले बताए ।
उनले भने गुराँस गाउपालिका कर्णाली प्रदेशकै तरकारी उत्पादनको मुख्य क्षेत्र हो , यस क्षेत्रका किसानलाई प्रबिधिमा जोडेर कम लागतमा उत्पादन गर्नका लागी पालिकाले कृषि समुह , सहकारी र निजि फर्मलाई प्रबिधिमा जोड्नु आजको आवश्यकता रहेको छ । बिस्तारै पालिकाका सबै सहकारी , समुह र निजि फर्मलाई प्रबिधि मैत्री बनाउदै लैजाने उनले बताए ।


कृषि यान्त्रिकरण बितरण कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष टोपबहादुर बिसीले परम्परागत कृषिलाई आधुनिक यान्त्रिकरण गर्नका लागी र उत्पादन बृद्धि गरि कृषकको बिवनस्तर उठाउन पालिकाले सक्दो सहयोग गर्ने बताए ।
गाउपालिका उपाध्यक्ष शिभा खड्काले महिला मैत्री कृषि प्रबिधिको प्रयोगले महिलाको कार्यबोझ कम हुने बताउदै , आगीमी दिनमा पनि कृषि प्रबिधिका कामलाई निरन्तरता दिईने बताईन ।गुराँस गाउपालिका ५ का किसान भक्तबहादुर वमले गाउपालिकाले मिनिटिलर बितरण गरेर आफुलाई छनोट गरेकोमा खुसि ब्यक्त गदै , प्रबिधिमा जादा लागत खर्चकम हुने र उत्पादनमा नाफा हुने बताए ।

तपाईको प्रतिक्रिया